कर्पोरेट कम्पनीमा वर्चश्व जमाएको रिगो टेक्नोलोजी, अब एसएमईमा केन्द्रित हुने « Eglish Khabarhub

कर्पोरेट कम्पनीमा वर्चश्व जमाएको रिगो टेक्नोलोजी, अब एसएमईमा केन्द्रित हुने


३ असार २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौ । बाह्र वर्षअघि चार्टर्ड एकाउन्टेन्ट (सीए)को ३ वर्षे कोर्ष गर्दै गर्दा मुकुन्द पोखरेलले देश विदेशका विभिन्न संस्थामा कन्सल्ट्यान्टका रुपमा काम गरिरहेका थिए ।

विभिन्न संस्था, कर्पोरेट कम्पनी, सरकारी निकायको अडिट गरिरहँदा मुलुकभर कर प्रणाली, तलब भुक्तानीलगायतका क्षेत्रमा ठूलो समस्या देखे । उनलाई त्यहीबेला लागेको थियो, ‘आइटी क्षेत्रका व्यक्तिलाई राम्रोसँग बुझाउन सक्ने हो भने कर्पोरेट क्षेत्रमा प्रयोग हुने राम्रा सफ्टवेयर बनाउन सकिन्छ ।’

यससम्बन्धी व्यवसाय गर्ने ठूलो चाहना थियो । तर, लगानी थिएन । सानो लगानीबाट पनि काम शुरु गर्न सकिन्छ भन्ने उनलाई लाग्यो । उनी जस्तै चार्टर्ड अकाउन्टेन्सी गरेको दुई साथी थिए ।

‘एउटा आइटी कन्सल्टेन्सी कम्पनी खौलौं,’ साथीहरुलाई उनले प्रस्ताव राखे । साथीहरु पनि तयार भए ।

तीन जनाले २०-२० हजार रुपैयाँ उठाएर ६० हजार जम्मा गरे र सन् २०१० मा शुरु गरे ‘रिगो कन्सल्टेन्ट्स’ ।

कम्पनीको उद्देश्य आइटी सम्बन्धी विभिन्न कन्सल्टेन्सी गर्ने र तालिम दिने थियो ।

६० हजार लगानी गरेर शुरु भएको रिगो टेक्नोलोजी आज कर्पोरेट कम्पनीमा सफ्टवेयर बिक्री गर्ने ठूलो कम्पनी बनेको छ ।

‘हामीले अहिले मुलुक र मुलुक बाहिर ३ सयभन्दा धेरै कर्पोरेट कम्पनीका लागि विभिन्न सफ्टवेयर उपलब्ध गराइरहेका छौं,’ रिगो टेक्नोलोजीका फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकुन्द पोखरेलले भने, ‘अब हामी मासवेसमा जाने तयारी गरिरहेका छौं ।’

मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये ८० प्रतिशतले आफ्नो सफ्टवेयर प्रयोग गरिरहेको उनले बताए । त्यसबाहेक ठूला कर्पोरेट कम्पनीहरु जस्तो कि इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक, आइएमई ग्रुप, अर्घाखाँची सिमेन्ट जस्ता सयौं कम्पनीहरुले उनीहरुको प्रडक्ट प्रयोग गरिरहेका छन् ।

५० जना कर्मचारी रहेको रिगो टेक्नोलोजीले कर्पोरेटबाट साना तथा मझौला उद्योग व्यवसायलाई लक्ष्य गरेर नयाँ लन्च गर्ने तयारी गरिरहेका छन् । उनीहरुले उत्पादन गरेका प्रडक्ट नेपालसहित अफ्रिकी मुलुक जिम्बाबेमा पनि निर्यात भइरहेको छ ।

एचआरएमएस र एफएमएसमा फोकस

रिगो टेक्नोलोजीले मुख्य दुई क्षेत्र पिपुल म्यानेजमेन्ट सिस्टम (एचआरएमएस ) र फाइनान्स म्यानेजमेन्ट सिस्टम (एफएमएस) प्लेटफर्म विकास गरेको छ ।

पिपुल म्यानेजमेन्ट सिस्टम (पिआरपी) कम्पनीको जनशक्ति व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयर हो । कम्पनी सञ्चालनका लागि जनशक्ति परिचालन महत्वपूर्ण पक्ष हो । पहिला जस्तो आफन्त राखेर कम्पनी सञ्चालन गर्न सक्ने अवस्था अब रहेन । प्रतिस्पर्धा, पारदर्शिता र उच्च प्रतिफल निकाल्न जनशक्ति व्यवस्थापन पेचिलो बनेको छ ।

यही कुरामा ध्यानमा राख्दै रिगो टेक्नोलोजीले कर्मचारी व्यवस्थापन सिस्टम विकास शुरु गरेको थियो । यस सफ्टवेयरले कर्मचारी भर्नाका लागि विज्ञापन गर्नेदेखि भर्ना, के काम गर्ने, कामको अनुगमन, कर्मचारी पर्फेमेन्सलगायतको सञ्चालन गर्न यो सफ्टवेयरले सहयोग गर्छ ।

त्यस्तै, यस सफ्टवेयरले कर्मचारीको तलब र कर भुक्तानी, सामाजिक सुरक्षा कोष, विदा, हाजिर जस्ता विषय पनि पिपुल म्यानेजमेन्ट सिस्टम (पिआरपी)ले व्यवस्थापन गर्छ ।

फाइनान्स म्यानेजमेन्ट सिस्टम (एचआरएमएस)ले अकाउन्ट, कम्पनीको आय–व्याय, लगानी तथा वित्तीय विवरण सम्बन्धित काम गर्छ । निश्चित प्रडक्टमा फोकस भएर काम गर्दा उत्पादन राम्रो हुने र मार्जिन धेरै हुने भएकाले दुई प्रडक्टमा मात्र फोकस गरेको उनले बताए ।

ठूलो कर्पोरेट कम्पनीम मात्र फोकस गरिरहेको रिगाे टेक्नोलोजीले अब दायरा ठूलो बनाएर काम गर्ने योजना बनाइरहेको छ । त्यसै सिलसिलामा नेपालकै अ्रगणी व्यवसायी ग्रुप आइएमई ग्रुपसँग समेत सहकार्य गरिरहेको छ ।

‘अब हामी मासमा क्षेत्रमा जाने योजनासहित काम गरिरहेका छौं,’ पोखरेलले भने ‘अब तीन सय कर्पोरेटबाट १० हजार कम्पनीलाई सेवा दिने योजना बनाइरहेका छौं ।’

अब उनीहरुले साना तथा मझौला उद्योग, व्यवसाय (एसएमई)हरुलाई चाहिने प्रडक्टहरु तयारी गरिरहेका छन् ।

अब १० करोडभन्दा धरै वार्षिक कारोबार गर्ने सबै उद्योग व्यवसायहरुले ई–बिलिङ बिजक जारी गर्नुपर्ने छ । त्यस्तै ५ करोभन्दा धेरै कारोबार गर्ने होटल, क्याफे व्यवसाय, इन्टरनेट सेवा प्रदायक, फर्निचर उद्योगहरुले पनि ई–बिलिङ जारी गर्नुपर्ने छ ।

सरकारले ल्याएको नयाँ नीतिले सफ्टवेयर व्यवसायलाई उत्साहित बनाएको छ । यही कुरालाई ध्यानमा राखेर साना तथा मझौला उद्योग व्यवसायका ई-बिलिङसहितको सजिलो सफ्टवेयर तयारी गरेको पोखरेलले बताए ।

अझै पनि नेपालमा आफ्नै देशको सफ्टवेयर प्रयोगमा हिचकिचाउँछन् कर्पोरेट तथा ठूला कम्पनीहरु । यसले गर्दा यही उत्पादन हुनसक्ने राम्रा सफ्टवेयर पनि भारत तथा अन्य देशबाट ल्याउने प्रचलन छ । निजी क्षेत्रले मात्र होइन, सरकारले पनि विदेशी सफ्टवेयर प्रयोग गरिरहेको छ ।

‘अब नेपालका उद्योग व्यवसाय र सरकारले पनि यो पुरानो सोचलाई परिवर्तन गर्नुपर्छ,’ पोखरेलले भने, ‘यसले विदेशिने ठूलो डलर बचत हुनेछ ।’

यसरी शुरु भयो रिगो टेक्नोलोजी

पोखरेलमा २०५२ सालतिर पाल्पाको तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा विज्ञान पढ्दै गर्दा डाक्टर, इन्जिनियरभन्दा पनि व्यवसाय गर्नुपर्छ भन्ने सोच पलाइसकेको थियो ।

त्यही सोचका साथ काठमाडौं आएर मीनभनव क्याम्पसमा बीबीएस पढ्न थाले । पढाइ त थियो तर थ्योरीमात्र ।

‘मैले व्यवसायमा हात हाल्न सक्ने गरी प्राक्टिकल होस् भन्ने चाहन्थे,’ पोखरेल भन्छन् ।

उनले थाहा पाए चार्टर्ड एकाउन्टेन पढ्यो भने प्राक्टिकलमा आधारित व्यवसायिक ज्ञान हुन्छ । उनी सीए पढ्नतिर लागे ।

‘मैले सीए पढ्नुको मुख्य उद्देश्य तीन वर्षसम्म ट्रेनिङ हुन्छ भनेर हो,’ उनले भने, ‘तीन वर्ष तालिम गरे भने व्यवसाय गर्न सक्छु भन्ने थियो ।’

यही ट्रेनिङका क्रममा नेपाल र भारतमा तीन सयभन्दा धेरै संस्थामा ट्रेनी तथा कन्सलट्यान्टका रुपमा काम गर्ने मौका पाए । विभिन्न प्रकृतिको संस्थाले कसरी काम गरिरहेका छन्, समस्या के के छन् भन्ने बुझ्ने अवसर पाए ।

विदेशमा रिसर्च गरेर राम्रो प्रोडक्टहरु आइरहेका थिए । जसलाई व्यवसायसँग जोडेर व्यवस्थितरुपमा व्यवसाय भइरहेको थियो । नेपालमा भने यस्ता प्रडक्टहरु कि ग्राहकको आवश्यकताअनुसार निर्माण हुन्थे कि फ्रेस ग्राजुयट विद्यार्थीले उत्पादन गर्थे । नेपालमा राम्रो सिस्टम कतै पनि थिएन । करको विषयमा धेरै गल्ती हुन्थ्यो ।

‘यसले गर्दा व्यवसाय र प्राविधिक पक्षबीच ठूलो ग्याप थियो,’ पोखरेल भन्छन्, मैले यही ग्यापलाई ब्रिज गर्न सकिन्छ भन्ने लागेर आफ्नै कम्पनीमार्फत् काम गर्न सोचिरहेको थिएँ ।’

आफूले बुझेको कुरालाई टेक्निकल व्यक्तिलाई बुझाउन सकेमा राम्रो प्रडक्ट निकाल्न सकिन्छ भन्ने उनलाई लाग्यो ।

शुरुको दुई वर्षमा तालिम दिने, कन्सल्टेन्सी दिने काम गरे । त्यसपछि भने टेक्नोलोजीमै फोकस गर्दै कम्पनीको नाम परिवर्तन गरी ‘रिगो टेक्नोलोजी’ बनाएर सफ्टवेयर उत्पादन गर्न थाले ।

यही ग्याप पूरा गर्न शुरुमा तलब अकाउन्ट, कर हिसाबको समाधान गर्ने सफ्टवेयर बनाउनेतिर लागे । शुरुमा पेरोल र कर म्योनजेमेन्ट गर्ने सफ्टवेयर बनाए ।

त्यसपछि अकाउन्टिङको काम शुरु भयो । योसँग विभिन्न प्रडक्टहरु जस्तो कि पेरोल, अकाउन्ट, पर्चेज, डकुमेन्ट म्यानेजमेन्ट सिस्टमहरु बनाउँदै गए । त्यसै समयमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, त्रिभुवन विश्वविद्यालय, नेपाल आयल निगम, भन्सार विभाग लगायतका संस्थाहरुका लागि रिक्रुमेन्ट सफ्टवेयरसमेत तयार गरी सञ्चालनमा ल्याए ।

‘यसरी धेरै सिस्टममा काम गरिरहेको बेला केहीमा फोकस गरेर काम गरौं भन्ने लाग्यो,’ पोखरेलले भने, ‘त्यसपछि हामीले एमआरएमएस र इआरपी प्लेटफर्म निर्माणमा फोकस गर्यौं ।’

सन् २०१३-२०१४ तिर नयाँ स्कोप शुरु भयो । सिस्टम अडिट, सेक्युरिटी अडिट शुरु भयो । सन् २०१२ अगष्टमा नेपाल राष्ट्र बैंकले एक सूचना निकाल्दै सिस्टम अडिट गर्न निर्देशन दिएको थियो । जतिबेला उनी आइक्यानमा कमिटी सदस्य भएर काम गरिरहेका थिए ।

नेपालमा जति पनि सिस्टम अडिटको काम थियो, त्यो भारतको टिम आएर गर्थे । पोखरेलले आफ्नो क्षमता विकासका लागि सीआइएसए, सीजीईआइटी कोर्ष पनि गरे । त्यसपछि सन् २०१३ देखि सन् २०१७ सम्म सिस्टम अडिटमै काम गरे । त्यसका लागि अर्को कम्पनी थियो रिगो इन्फर्मेसन टेक्नोलोजी कम्पनी । सो कम्पनीमार्फत् उनले नेपाल राष्ट्र बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एसबीआईलगायत प्रमुख वित्तीय संस्थाको सिस्टम अडिट गरे । २०१८ मा पुगेपछि यो कम्पनीलाई अर्को साथीहरुले हेर्न थाले ।

शुरुमा म्यानेजमेन्ट, सिस्टम अडिट हुँदै पछिल्लो समयमा एमआरएमएस र इआरपीमा फोकस सफ्टवेयर उत्पादनमा फोकस भइरहेका छन् । आगामी दिनमा साना तथा मझौला व्यवसाय समेतले प्रयोग गर्ने प्रडक्ट उत्पादन गर्ने तयारी रिगो टेक्नोलोजीको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार ००:००  ९ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping