मुस्लिम समुदायबाट पहिलो महिला ट्रेकिङ गाइड आरेफा बानु, तयार हुँदै छिन् अग्ला हिमाल चढ्न « Eglish Khabarhub

मुस्लिम समुदायबाट पहिलो महिला ट्रेकिङ गाइड आरेफा बानु, तयार हुँदै छिन् अग्ला हिमाल चढ्न


१७ असार २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दुई दशकदेखि ठमेलमा ‘दा अली’ जेम्स व्यवसाय गरिरहेका अली अहमदको एक इटालियन ट्रेकिङ गाइड साथी थिइन ।

ती इटालियन साथीले नेपाल आएका बेला सधै सुनाउँथिन, ‘नेपालमा ट्रेकिङ गाइडमा केटीहरु नै देखिदैनन् ।’

अलिलाई लाग्यो केटीहरुका लागि यो क्षेत्रमा अवसर हुनसक्छ । अझ मुस्लिम समूदायमा केटी ट्रेकिङ गाइड छदै छैनन् ।

‘छोरीलाई ट्रेकिङ गाइड बनाउँछु,’ उनले सोचे । बाबु र उनकी छोरी आरेफा बानुको सोच मिल्यो । बाबुबाट ट्रेकिङ गाइड बन्ने प्रेरणा पाएकी २२ वर्षे आरेफा बानु नेपालको पहिलो ट्रेकिङ गाइडको लाइसेन्स लिने मुस्लिम महिला बनेकी छिन् ।

नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)मा व्याचलर इन ट्राभल एण्ड टुरिजम (बीटीटीएम) चौथो सेमेस्टर पढिरहेकी आरेफाले केही समयअघि ट्रेकिङ गाइडको लाइसेन्स लिइसकेकी छिन् ।

छोरीको भविष्यलाई सोचेर ट्रेकिङ गाइडमा लगाएको उनका बुबा अली बताउँछन् ।

‘अरुले गर्न सकिरहेका छन् भने उनले किन सक्दैनन्,’ अलि भन्छन्, ‘उनलाई ट्राभल क्षेत्रमा स्थापित बनाएर सगरमाथा चढाउने योजना छ ।’

उनले सोचे मुस्लिम केटीले ट्रेकिङ गाइड बनेर अरुलाई पनि मोटिभेसन गर्न सक्छिन् । ठमेलमा व्यवसाय गर्नुभन्दा ट्रेकिङ गाइड बनेर मुस्लिम समूदाय र नेपालको नाम राख्न सकोस् भन्ने उनी चाहन्छन् ।

छोरीले ट्रेकिङ गाइडमा सफल बन्न सक्छिन भन्ने उनी विश्वस्त छन् ।

उनीमात्र होइन, आरेफाको भित्री चाहना पनि ट्राभल एण्ड टुरिजममा केही गर्नु छ ।

आरेफा र उनको बाबा

‘मेरो इच्छा पनि ट्रेकिङ गाइड बन्ने नै छ,’ आरेफाले भनिन्, ‘बाबाको सहयोग र मेरो चाहना मिलेको छ ।’

आरेफालाई सानैदेखि ट्राभल एण्ड टुरिजममा रुचि थियो । नयाँबजारको इटर्नल लाइफ पब्लिक स्कुल (इलिफ्स) पढेकी आरेफाले सानैदेखि ठमेलको पर्यटकीय क्षेत्रको अनुभव गर्न पाइन । पसलमा विदेशका ट्रेकिङ गाइडहरु आइरहन्छन् ।

सानैदेखि उनको मनमा ट्रेकिङ गाइडको छाप परिसकेको थियो ।

काठमाडौं, पकनाजोलको एनसीसीएसबाट १२ कक्षा सकेपछि ट्राभल एण्ड टुरिजमको अध्ययन गर्न नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) मा भर्ना भइन । यही कलेजमा अहिले उनी व्याचलर इन ट्राभल एण्ड टुरिजम (बीटीटीआई) चौथो सेमेस्टर पढिरहेकी छिन् ।

कलेज पढ्दै गर्दा उनले थाहा पाइन, यस कलेजमा ट्रेकिङ गाइडको कोर्ष पनि सञ्चालनमा छ । जुन कोर्ष पूरा गरेपछि ट्रेकिङ गाइडको लाइसेन्स पाइन्छ ।

एक दिन बाबालाई भनिन्, ‘मैले ट्रेकिङ गाइडको कोर्ष लिन चाहन्छु । मेरो यसमा रुचि छ ।’

बाबाले नाइ भन्नु भएन । बरु के के सहयोग गर्नु पर्छ भनेर सोध्नु भयो ।

परिवारमा बुबाआमाको पूर्ण सहयोग पाएपछि पहिलो लकडाउन सकिएपछिको समयमा नाथममै ट्रेकिङ गाइडको कोर्ष लिइन । तीन हप्ताको यो कोर्षमा नेपालको हिमाल, ट्रेकिङ रुट, विभिन्न ठाउँको कला संस्कृति, भौगोलिक अवस्था, अन्य व्यक्तिसँग गर्नुपर्ने व्यवहार जस्ता कुराहरु सिकाइन्छ ।

उनले अहिले कलेजबाट ट्रेकिङ गाइडको लाइसेन्स लिइसकेकी छिन् ।

ट्रेकिङ गाइडको लाइसेन्स लिने उनी पहिलो महिला हुन् । उनको कलेजको रेकर्ड हेर्दा कुनै पनि मुस्लिम महिलाहरुले अहिलेसम्म ट्रेकिङ गाइडको लाइसेन्स लिएको भेटिएको छै्रन । केही मुस्लिम पुरुषहरुले पनि लिएको उनी बताउँछन् ।

मुस्लिम समूदायमा आरेफा जस्ता केटीहरु यसरी ट्रेकिङ क्षेत्रमा काम गरेको देखिदैन ।

‘मलाई हाम्रो समूदायमा एक उदाहरणीय व्यक्ति बनेर देखाउन मन छ । एक्जाम्पल सेट गर्न चाहन्छु म,’ उनी भन्छिन्, ‘यो मुस्लिम समूदायका लागि मात्र नभएर सबै महिलाका लागि मोटिभेसन हुनसक्छ ।’

अलीले काठमाडौं ठमेलका स्थानीय बासिन्दा हुन् । सानो हुँदादेखि नै ठमेलमा जेम्स पसल शुरु गरे । जहाँबाट पर्यटकले धेरै मन पराउने हिरा, पत्थरहरुको व्यापार गर्छन् ।

यही व्यापारको सिलसिलामा विदेशी पर्यटक र ट्रेकिङ गाइडसँग परिचय भयो । इटालियन ट्रेकिङ गाइडहरु बुबाका साथी बनेका छन् । वर्षमा दुई पटक नेपाल आउँछन् ।

इटालियन ट्रेकिङ गाइडसँगको लामो समन्धका कारण उनेका बुबाले इटालिनय भाषासमेत बोल्न सक्छन् ।

‘मेरो बुबाले मेरो छोरी ट्रेकिङ गाइडको लाइसेन्स लिएको छ भनेर सुनाउँदा विदेशीहरु धेरै खुसी हुन्छन्,’ आरेफा सुनाउँछिन् ।

ट्रेकिङ गाइडसँगको बुबाको यही सम्बन्धका कारण आरेफालाई पनि ट्रेकिङ गाइडमा अझ बढी रुचि जागेको हो ।

बुबा अलीले आरेफालाई निकट भविष्यमा इटाली पठाएर ट्रेकिङको थप तालिम दिने तयारी गरिरहेका छन् ।

‘इटालीमा अल्पाइन पहाडको ट्रेकिङ विश्व चर्चित छ,’ अली भन्छन्, ‘त्यहाँका मेरो साथीहरुले छोरीलाई तालिम दिन बोलाइरहेका छन् ।’

अलि आफैले पनि विदेशबाट आएका धेरै ट्रेकिङमा जाने, हिमाल चढ्नेलाई धेरै सहयोग गरेका छन् । उनीहरुलाई नेपालमा चाहिने सामग्री जुटाइदिन्छन् । बिरामी पर्दा सहयोग गर्छन् ।

आरेफालाई थाहा छ ट्रेकिङ व्यवसाय गाह्रो काम हो । अग्ला पहाड, उच्च हिमालमा घण्टौं हिड्नुपर्छ । उच्च भागमा जाँदा ५ वटा मौसम परिवर्तन हुन्छ । घाम, पानी हुस्सु, हावा छिनछिनमा आइरहन्छन् ।

गाह्रो काम भए पनि आफूलाई त्यसैअनुसार तयार पार्नुपर्ने आरेफाको भनाइ छ । एकै पटक अग्लो, अप्ठारो ट्रेकिङ जान सकिदैन । सानो सानो पहाड, सानो सानो दूरीमा गएर आफूलाई ट्रेकिङको लागि बानी पार्नुपर्ने उनको भनाइ छ ।

‘ट्रेकिङमा मुख्य कुरा हिँडाइ हो,’ २२ वर्षे आरेफा भन्छिन्, ‘दैनिक ८–९ घण्टा हिँड्नुपर्छ । स्वास्थ्य पनि फटनेस पनि राख्नु पर्यो । ’

उनले आफूलाई बिस्तारै बानी पार्दै छिन् । कतिसम्म गर्न सकिन्छ, फिजिक्ली कति फिट छ भन्ने आफैमा भर पर्छ ।

केही समयअघि उनी कलेजबाट मर्दी ट्रेकिङ गएकी थिइन । त्योभन्दा अघि अमेरिकी विद्यार्थीहरु नेपाल आएका थिए । उनीहरुलाई लिएर अष्ट्रेलियन वेस क्याप गएकी थिइन । यो मर्दी जानेबाटोमा पर्छ ।

सुरक्षा पनि महत्वपूर्ण पाटो हो । महिला भएकै कारण केही हिंसा होला कि भन्ने बारेमा पनि सचेत रहनुपर्ने उनको भनाइ छ । तर, व्यवसायी क्षेत्रमा गएपछि व्यवसायभन्दा बाहिरको काम नहुने भएकाले यसलाई अन्य केटाको सरह सहजरुपमा लिएको उनले बताइन ।

यसबाहेक पनि केटीप्रति समाजले हेर्ने दृष्टिकोण उनले राम्रोसँग बुझेकी छन् ।

‘अझ मुस्लिम समूदायमा केटीहरुलाई बाहिर धेरै रात बिताउनु राम्रो मानिदैन,’ उनी भन्छिन्, ‘हामीले अब त्यो दृष्टिकोणालाई परिवर्तन गर्नुपर्छ ।’

अन्य सुरक्षाका दृष्टिकोणले पनि आफू विभिन्न तयारीका साथ हिँड्नु पर्ने उनी बताउँछिन् । बुबाको सहयोगले भने उनलाई निकै सहयोग भएको छ । जति चुनौती र अप्ठारा आए पनि उनी ट्रेकिङ गाइडको लागि पूर्णरुपमा तयार हुँदैछिन् ।

‘मेरो चाहना नेपालाई प्रवर्द्धन गर्नु पनि हो,’ उनी भन्छिन्, ‘हिन्दुहरुको देश भनेर चिनिने नेपालमा मुस्लिम महिलाले पनि ट्रेकिङ गाइड गरिरहेका छन् भनेर देखाउनु छ ।’

नेपालमा ४.४ प्रतिशतमात्र मुस्लिम रहेको अवस्थामा पनि काम गर्न चाहनेका लागि सबैतिरबाट सहयोग हुन्छ भेनर उदाहरण देखाउन चाहेको उनी बताउँछिन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ००:००  ६ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping