परीक्षा दिन हेटौंडा गएका विद्यार्थीको बिजोग, एउटै कोठामा दर्जनबढी सुते, घरघरमा बास माग्न गए « Eglish Khabarhub

परीक्षा दिन हेटौंडा गएका विद्यार्थीको बिजोग, एउटै कोठामा दर्जनबढी सुते, घरघरमा बास माग्न गए


१९ असार २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

हेटौंडा । त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा एमबीए पढ्दै गरेका विनोद थामी शिक्षा सेवा आयोगले लिएको माध्यमिक विद्यालय तहको शिक्षक अनुमतिपत्रको परीक्षा दिन शुक्रबार हेटौंडा पुगेका थिए ।

काठमाडौंबाट हेटौंडा पुग्दा साँझ ६ बज्न लागिसकेको थियो । उनको परीक्षा अर्को दिन शनिबार बिहान ८ बजे थियो ।

हेटौंडा पुगेपछि रुम खोज्दै सीमा होटल पुगे । होटलका कोठा सबै बुक भइसकेका रहेछन् । त्यहाँ उनी जस्तै अन्य साथीहरु पनि थिए । दुई तीन जना मिलेर अरु होटलमा गए ।

धेरै होटल चहार्दा पनि खाली कोठा पाइएन । जहाँ जहाँ जाँथे उनीहरु जस्तै अरु कोठा नपाएका अरु साथीहरु भेटिन्थे । बाटोमा हिँड्दाधरी उनी जस्तै कोठा नपाएका विद्यार्थीहरु भेटिए ।

१०–११ जनाको समूह नै बन्यो । रातिको ८ बजिसक्यो तर कोठा पाइएनन् ।

यो समूह नोबल होटलमा पुग्यो । त्यहाँ पनि रुम खाली थिएनन् । बरु उनीहरु जस्तै कोठा खोज्दै गएकाहरु तीन चार जना थिए ।

विद्यार्थीहरुको बिजोग देखेपछि नोबल होटलले भन्यो, ‘एउटा ठूलो हल छ । त्यहाँ बिस्तारा लगाइदिन्छौं । त्यही बस्नुस् ।’

‘विकल्प अर्को थिएन । हामी १३–१४ जना त्यही हलमा सुत्यौं,’ थामी भन्छन्, ‘५ सय रुपैयाँ तिरियो । बाथरुम पानीको व्यवस्था राम्रो थियो ।’

यो समस्या थामी जस्ता एक दर्जन विद्यार्थीको लागि मात्र होइन, शुक्रबार परीक्षा दिन हेटौंडा पुगेका हजारौं विद्यार्थीले भोगे । एकै पटक हजारौं विद्यार्थीहरु परीक्षा दिन हेटौंटा पुगेपछि त्यहाँका होटल सबै बुक भइसकेका थिए ।

कोठा नपाएर थामी जस्तै हजारौं विद्यार्थी भौतारिनु पर्यो । उनीहरु जस्तै परीक्षा दिन हेटौंडा पुगेका कति विद्यार्थीहरु नचिनेका अन्य विद्यार्थीलाई हारगुहार गरेर सँगै कोठामा बसे ।

‘कोठा पाउँदै नपाएपछि नजिनेका तीन जनालाई बल्लबल्ल फकाएर एउटा कोठामा पाँच जना बस्यौं,’ हेटौंडा लेवटमा रहेको बालउज्ज्वल माध्यमिक विद्यालयमा परीक्षा दिन पुगेकी एक विद्यार्थीले भनिन्, ‘धन्न उनीहरुले कोठा सेयर गर्न माने ।’

कोठा नभएका कति विद्यार्थीहरु गाउँगाउँमा छिरेर घरघरमा बास समेत मागेको विद्यार्थी बताउँछन् ।

‘कति जना त गाउँतिर छिरेर घरघरमा बास मागेका थिए,’ एक विद्यर्थीहरुले सुनाए ।

मुलुक संघीयतामा गएपछि बागमती प्रदेशको राजधानी हेटौंडा बनेको छ । बागमती प्रदेश सरकारले भर्ना गर्ने लोकसेवा वा अन्य सरकारी कर्मचारीको परीक्षा केन्द्र हेटौंडा र काठमाडौंमा तोक्छ ।

हेटौंडामा उपलब्ध होटल कति छन् र त्यहाँ कति कोठा छन् भनेर यकिन हेक्का नगर्दा परीक्षा दिन जाने विद्यार्थीहरु लामो समयदेखि यस्तै दुःख पाउनु परेको विद्यार्थी बताउँछन् ।

शुक्रबार भएको शिक्षा सेवा आयोगको परीक्षामा हेटौंडा र काठमाडौं उपत्यकाका तीन जिल्लामा परीक्षा केन्द्र तोकेको थियो । परीक्षा फर्म भरेका विद्यार्थीमध्ये झन्डै ५ हजारलाई हेटौंडा र बाँकीलाई काठमाडौ उपत्यका परीक्षा केन्द्र तोकिएको थियो ।

परीक्षा केन्द्र तोक्ने विषयमा पनि वैज्ञानिक विधि अपनाएको देखिएन । हेटौंडाबाट फर्म भरेका उतैका विद्यार्थीलाई काठमाडौं केन्द्र पारिएको छ भने काठमाडौंका लागि हेटौंडा पारिएको छ । जसले गर्दा हेटौंडा बसोबार गर्ने विद्यार्थीलाई परीक्षा दिन काठमाडौं आउन बाध्य छन् ।

‘मेरो परीक्षा केन्द्र काठमाडौंमा परेको रहेछ । म त परीक्षा दिन गइन,’ हेटौंडामा बस्ने एक विद्यार्थी ब्रिजभुषण त्रिपाठीले भने ‘यही पर्ला भनेको त काठमाडौं परेछ । उता गएर कहाँ बस्ने ?’

कोठाको अभाव भएपछि होटलहरुले पनि भाडा अत्यधिक महंगाएका छन् । १५ सय पर्ने सामान्य कोठालाई २ हजारदेखि २५ सयसम्म पुर्याएका थिए । डिलक्स, स्ट्यान्डर्ड कोठालाई ४ हजार ४५ सय पुर्याएका थिए । बल्लबल्ल कोठा पाएका कति विद्यार्थी स्वीट रुपमा ७–८ हजार तिरेर बस्ने बाध्य भए ।

बागमती प्रदेशको राजधानी बनेपछि हेटौंडामा मान्छेको फ्लो बढेकाले होटल अभाव हुन थालेको मकवानपुर होटल संघका अध्यक्ष दीलिप जोशी बताउँछन् ।

‘संघीयता भएपछि हेटौंडामा सबै किसिमका मान्छेको भिड बढेको छ, दैनिक पाँच हजारले आउँछन्,’ जोशीले भने, ‘यहाँ राजनीतिक गतिविधि, गोष्ठी सेमिनार पनि बढेका छन् । यसले गर्दा सधैभरी होटल प्याक हुन थालेका छन् ।’

सरकारी कार्यालय भएकाले पनि भिडभाड बढेको उनले बताए ।

उनका अनुसार यस संघमा दर्ता भएका होटल तथा लजको संख्या ६८ छ ।

यसबाहेक १०–१२ वटा होटल संघमा दर्ता नभइकन सञ्चालनमा छन् । तर, यी सबै होटल हेटौडामा मात्र नभएर जिल्लाका अध्य ठाउँमा पनि छन् ।

दर्ता भएका यी होटलमा ६६० वटा कोठा र ती कोठामा ११ सय ८९ वटा बेड उपलब्ध छन् ।

राजनीतिक गतिविधि बढेको, विद्यार्थीहरुको परीक्षा केन्द्र भएको र अन्य कार्यक्रम बढेकाले यी होटलले धान्न धौधौ भएको उनी बताउँछन् ।

‘अहिले होटलहरु बन्ने क्रममा छन्,’ हेटौंडामा रोयल क्राउन होटल सञ्चालन गरिरहेका जोशीले भने, ‘शुक्रबार र शनिबार अझ बढी घुँइचो हुन्छ ।’

लोकसेवा र अन्य सरकारी परीक्षा पनि प्रायः शुक्रबार र शनिबार सञ्चालन हुन्छन् ।

कोठाको मात्र होइन, हेटौंडा पुग्ने गाडीको समेत ठूलो समस्या भोग्नुपर्छ विद्यार्थीले ।

काठमाडौंबाट दक्षिणकाली–कुलेखानीजाने–चिसापानी गढी–भिमफेदी हुँदै हेटौंडा पुग्ने सिधा बाटो छ । यस रुटमा ठूलो गाडी चल्दैनन् । सुमो, हाइस गाडी चल्छन् ।

एकै पटक हजारौं विद्यार्थी जाने हुँदो गाडीसमेत पाउन मुस्किल हुन्छ ।

‘एकै पटक हजारौै जना आउनुहुन्छ । हामीले कसरी म्यानेज गर्ने,’ काठमाडौं हेटौंडा सुमो गाडी सञ्चालन गर्ने नारायण याताताकका एक कर्मचारीले भने, ‘भएका गाडीले पुग्दैनन् । अरु कहाँबाट ल्याउने ?’

गाडी अभाव भएपछि महंगो पैसा तिरेर जान माध्य छन् । गाडी नै नपाएपछि एउटा तीन जना विद्यार्थीले १६ हजार तिरेर जान बाध्य भएको सुनाए ।

कति विद्यार्थीहरु काठमाडौंबाट मोटरसाइलकमा परीक्षा दिन गएका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार ००:००  ४ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping