काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९४ हजार रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएकोमा मंगलबार १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS