काठमाडौं । सांसद प्रेम सुझावले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका विषयमा संसदमा स्पष्टिकरण दिनुपर्ने माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवालले भने, ‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका विषयमा संसदमा प्रश्न उठेको छ, यस विषयमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा स्पष्टिकरण दिनुपर्छ ।’
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ योजना विभागको सदस्यमा नियुक्त भएको समाचार प्रकाशित भएपछि संसद बैठकमा विभिन्न सांसदहरुले प्रश्न उठाएका थिए ।
नेकपा एमालेको अर्थ योजना विभागमा खोटाङका एम अधिकारी नियुक्त भएको र उक्त व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको सांसदहरुले दाबी गरेका छन् ।
SHARE YOUR THOUGHTS