कोभिड व्यवस्थापनका लागि नेपालले लियो ६० अर्बभन्दा बढी सहायता, कुन दाताबाट कति ? « Eglish Khabarhub

कोभिड व्यवस्थापनका लागि नेपालले लियो ६० अर्बभन्दा बढी सहायता, कुन दाताबाट कति ?



काठमाडौं । नेपालले कोरोना महामारीको व्यवस्थापनका लागि ४० वैदशिक संस्थाबाट करिब ६० अर्ब रुपैयाँभन्दा बढी सहायता प्राप्त गरेको छ ।

महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको कोभिड–१९ को व्यवस्थापन सम्बन्धी विशेष लेखापरीक्षण प्रतिवेदनमा ४० वटा संस्थाबाट ५० करोड ३१ लाख ४ हजार ५१३ डलर अर्थात् ६० अर्ब रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको हो ।

कार्यालयका अनुसार सबैभन्दा बढी एडीबीबाट कोभिड एक्टिभ रेस्पोन्स कार्यक्रमका लागि २५ करोड डलर, आईएमएफबाट र्यापीड क्रडिट फ्यासिलिटिज कार्यक्रमका लागि २१ करोड ४० लाख डलर, जर्मन डेभलपमेन्ट को–अपरेशनबाट कोरोना इमरजेन्सी फण्डका लागि १० करोड ९६ लाख ८ हजार डलर वैदेशिक सहायता प्राप्त भएको थियो ।

स्रोतः महालेखा परीक्षकको कार्यालय

Publish on: