भारतले गहुँ र चिनी निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत श्रीवास्तव « Eglish Khabarhub

भारतले गहुँ र चिनी निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत श्रीवास्तव



काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतले हालै गहुँ, चिनीलगायतका वस्तुमा लगाएको प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वाराले आयोजना गरेको कार्यक्रममा बोल्दै नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा रहेको बताए ।

‘तपाईंहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,’ राजदूत श्रीवास्तवले भने, ‘दुबैै देश ज्वाइन्ट भेञ्चर जसरी नै काम गर्न चाहन्छौं ।’

महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए ।

अध्यक्ष गोल्छाले नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताएका थिए ।

लामो समयदेखि मीरगञ्ज पुल बन्न नसकेकोतर्पm ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह गरेका थिए ।

त्यसका लागि नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको बिस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाइलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिवुटि निर्यातमा समस्या देखिएको छ । यसैगरी तेस्रो मुलुकसंगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि उनले आग्रह गरेका थिए ।

Publish on: