![](https://internal.appharu.com/wp-content/uploads/2016/11/money-3.gif)
काठमाडौं । अबदेखि पुरानो नोट धुल्याउँदा कम्तीमा ९० दिनको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले नोट धुल्याउने नियामवली, २०७८ जारी गर्दै नोट गन्ती गर्ने, रुजु गर्ने तथा नोट धुलाउने मेशिन वा फर्नेश रहेको स्थानको पर्याप्तको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको अनिवार्य व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले झुत्रा वा चलनचल्तीमा ल्याउन अयोग्य नोट, चलनचल्तीमा लैजान अयोग्य ठहर्याएका नोट, र जाली वा नक्कली भनी जफत गरेको नोट धुल्याउने गर्दछ ।
राष्ट्र बैंकले नियामवलीमा नोट अदालती कारबाही चलेको हकमा अन्तिम किनारा लागेको दुई वर्षपछि र कारबाही नचलेको हकमा बैंकले प्राप्त गरेको तीन वर्षपछि धुल्याउनु पर्ने उल्लेख छ ।
त्यसैगरी, राष्ट्र बैंकले ९३० उपनियम ९२० मा जुनसुकै कुरा लेखिएको भएपनि बैंकको काम कारबाहीमा सहयोगी हुने तथा सुरक्षण विशेषताहरू परिमार्जन गर्ने सन्दर्भमा उपयोगी हुन सक्ने प्रकृतिका जाली वा नक्कली भनी जफत गरेको नोट अभिलेख राखी बैंकको ढुकटीमा नधुल्याई सुरक्षित राख्नुपर्नेछ ।
राष्ट्र बैंकअनुसार प्राप्त भएका धुल्याइने नोटको थान गन्ती गरी लगत खडा गरी राख्नुपर्नेछ । त्यसैगरी, लगत खडा गरिुएका नोट ढुकटीबाट फर्नेश वा स्रेडिङ्ग तथा ब्रिकेटिङ्ग मेशिन रहेको स्थानसम्म लैजाँदा सुरक्षित तवरले लैजाने व्यवस्था मिलाउनुपर्नेछ ।
‘स्रेडिङ तथा ब्रिकेटिङ गर्ने प्रयोजनाको लागि छुट्टयाइएका ५ सय र १ हजार दरका नोट शतप्रतिशत पुनः गन्ती गरी धुल्याउनुपर्नेछ,’ नियमवालीमा उल्लेख छ ।
नोट धुल्याउने क्रममा समितिका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नुपर्नेछ ।
नोट धुल्याउनु अघि समितिको रोहबरमा ५ सय र १ हजार दरका नोटबाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शतप्रतिशत प्योकट गन्ती गरी ती बण्डलमध्ये नमूना छनौट गरी कम्तीमा ५ प्रतिशत बण्डल छुट्याई उक्त बण्डलमा रहेको प्याकेट तथा थानसमेत गन्ती गरी रुजु गरेपश्चात मात्र धुल्याउनुपर्नेछ ।
SHARE YOUR THOUGHTS