८ वर्षमा नेपालीले विदेशबाट किने १ खर्बको मकै, कुन देशबाट कति ? « Eglish Khabarhub

८ वर्षमा नेपालीले विदेशबाट किने १ खर्बको मकै, कुन देशबाट कति ?


१७ कार्तिक २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल सरकारकाे मुख्य बाली उत्पादनका रुपमा धान, गहुँ, मकै, कोदो र फापर रहेको छ । देशभर खाद्यान्नको रुपमा सबैभन्दा बढी उत्पादन हुँदै आएको यी वस्तुहरुको आयात भने पछिल्लो समय बढ्दै गएको छ ।

कृषि प्रधान देश भनिने नेपालमा पछिल्ला वर्षहरुमा सरकारले मुख्य बाली घोषणा गरेका वस्तुहरुकै आयात बढ्नु पक्कै पनि राम्रो भने होइन ।

त्यस्तै, नेपालमा मुख्य बालीमा समावेश रहेको मकै ८ वर्षको अवधिमा १ खर्ब रुपैयाँ बढी आयात भएको पाइएको छ । संकलित तथ्याङ्कअनुसार नेपालले आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा १ खर्ब ४ अर्ब २४ करोड ८८ लाख ६३ हजार रुपैयाँको ३५ लाख ८७ हजार ३२५ मेट्रिक टन मकै आयात गरेको छ ।

नेपालले आव २०७१/७२ मा ७ अर्ब ८० करोड ४५ लाख ६२ हजार रुपैयाँको २ लाख ९६ हजार ८८३ मेट्रिक टन, आव २०७२/७३ मा ९ अर्ब ८८ करोड ४४ लाख ६० हजार रुपैयाँको ३ लाख ५७ हजार २८९ मेट्रिक टन, आव २०७३/७४ मा १० अर्ब ६३ करोड ४९ लाख ९४ हजार रुपैयाँको ४ लाख ३८ हजार १२२ हजार मेट्रिक टन र आव २०७४/७५ मा १२ अर्ब ५५ करोड ४६ लाख ४६ हजार रुपैयाँको ४ लाख ९५ हजार १९८ हजार मेट्रिक टन मकै आयात गरेको छ ।

त्यस्तै, आव २०७५/७६ मा १२ अर्ब ९४ करोड ७० लाख ९५ हजार रुपैयाँको ४ लाख २० हजार ७५२ मेट्रिक टन, आव २०७६/७७ मा १४ अर्ब ७५ करोड ३० लाख ४७ हजार रुपैयाँको ४ लाख ४८ हजार ४२५ मेट्रिक टन, आव २०७७/७८ मा १६ अर्ब २ करोड ४ लाख २४ हजार रुपैयाँको ५ लाख ९० हजार ९४१ मेट्रिक टन र आव २०७८/७९ मा १९ अर्ब ६४ करोड ९६ ला २५ हजार रुपैयाँको ५ लाख ३९ हजार ६९४ मेट्रिक टन मकै आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्छ ।

त्यसैगरी, नेपालले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको ८२ हजार ११३ मेट्रिक टन मकै आयात गरेको छ ।

नेपालमा मकै खाद्यान्नको रुपमा कम प्रयोग हुने गर्छ । नेपालीहरुको मुख्य खाद्यको रुपमा चामल खपत हुँदै आएको छ । तर, चामलको खपत बढ्दै गएको अवस्थामा मकैको खपत पनि उत्तिकै बढ्दै गएको देखिन्छ ।

नेपालमा मकैको आयात बढ्नुको मुख्य कारण व्यवसायिक पशुपालन रहेको जानकारहरु बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले उद्योग क्षेत्रमा मकै बढी खपत हुँदा आयात बढेको बताउँछन् ।

उनकाअनुसार मकै खाद्यान्नको रुपमा खपत हुँदैन । तर, पछिल्लो समय व्यवसायिक पशुपालनतर्फ आकर्षित हुँदा व्यवसायीहरुले मकै आयात गरेर दाना उत्पादन गर्दै आएका छन् ।

‘नेपालमा व्यवसायिक पशुपालनका लागि पर्याप्त मकै उत्पादन हुँदैन । बजारमा दानाको माग धान्नकै लागि विभिन्न देशबाट आयात हुने गरेको हो,’ सञ्जेलले क्लिकमाण्डूसँग भने ।

कृषि विज्ञ उद्धव अधिकारीले नेपालमा पछिल्लो समय व्यवसायिक पशु पालन गर्दा मकैको खपत उच्च रुपमा बढेको बताए । उनकाअनुसार पशुपालनका लागि आवश्यक मकै नेपालमा उत्पादन हुँदैन । जसले गर्दा नेपालले दाना बनाउनका लागि आवश्यक मकै विभिन्न देशबाट आयात गर्दै आएको छ ।

नेपाल सरकारले यसअघि नै अण्डा, मासु तथा दुधमा आत्मनिर्भर भएको घोषणा गरिसकेको छ । दुधमा आत्मनिर्भर हुन नसकेपनि मासुमा भने नेपाल आत्मनिर्भर तर्फ अगाडि बढेको छ । जुन सकारात्मक पक्ष हो । तर, मासुमा आत्मनिर्भर भइराख्दा उक्त पशुपन्छीको उत्पादनका लागि भने विभिन्न देशबाट कच्चा पदार्थको रुपमा वार्षिक अर्बौ रुपैयाँको मकै आयात हुँदै आएको छ ।

‘एक केजी मासु उत्पादनका लागि करिब १६ केजी अन्न खुवाउनुपर्ने एक अध्ययनले देखाएको छ । सरकारमा रहेका मानिसहरुले हामी मासुमा आत्मनिर्भर भएको भन्दै भाषण गर्दै आएका छन्,’ उनले भने, ‘तर, सोही मासु उत्पादनका लागि कति कच्चा पदार्थ आयात गर्यौं भन्ने लेखाजोखा गर्दैनन् ।’

नेपालमा खानाभन्दा दानामा बढी मकै प्रयोग हुन्छ । त्यसमा हरेक वर्ष नेपालको अर्बौ रुपैयाँ बाहिरिएको सरकारी तथ्याङ्कले नै देखाउँछ ।

‘नेपालले अन्नमा आधारित पशुपन्छी पालन गर्दै आएका छन् । जुन हाम्रो देशको लागि घाटाको खेती हो । आन्तरिक मकैले बजारको माग धान्दैन । त्यसैले, आयातको ग्राफ बढ्दो छ,’ उनले क्लिकमाण्डूसँग भने ।

नेपालको पहाडी जिल्लाको पहिलो बाली मकै हो । तर, पहाडी जिल्लाहरुमा बंदेल र बाँदरको आतंकले खेतबारी बाँजो राख्ने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा आगामी दिनमा उत्पादन घट्ने र आयात बढ्ने कृषि विज्ञ अधिकारीको भनाइ छ ।

उनकाअनुसार दानामा आधारित पशु व्यवसायलाई निरुत्साहित गर्दै घाँसमा आधारित पशु व्यवसायलाई प्रबद्र्धन गर्ने नीति लिए दिगो बाटो बन्छ ।

नेपालमा वार्षिक ३ हजार मेट्रिक टनमात्रै उत्पादन

एकातिर नेपालमा उच्च आयात भइरहेको देखिन्छ भने अर्कोतिर भने उत्पादकत्व पनि बढ्दै गएको सरकारी तथ्याङ्क छ ।

विगत ८ वर्षको उत्पादन र उत्पादकत्वको तथ्याङ्क हेर्दा हरेक वर्ष बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा वार्षिक २ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएकोमा आव २०७८/७९ मा आइपुग्दा बढेर वार्षिक ३ हजार मेट्रिक उत्पादन हुने गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । साथै, उत्पादन क्षेत्रफल पनि ८ वर्षको अवधिमा १ सय मेट्रिक टनले बढेको देखिन्छ ।

आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७१/७२ मा २ हजार १४५ मेट्रिक टन, आव २०७२/७३ मा २ हजार २३१ मेट्रिक टन, आव २०७३/७४ मा २ हजार ३३६ मेट्रिक टन, आव २०७४/७५ मा २ हजार ५५५ मेट्रिक टन। आव २०७५/७६ मा २ हजार ७१३ मेट्रिक टन, आव २०७६/७७ मा २ हजार ८३५ मेट्रिक टन, आव २०७७/७८ मा २ हजार ९९९ मेट्रिक टन र आव २०७८/७९ मा ३ हजार १०६ मेट्रिक टन उत्पादन भएको सरकारी तथ्याङ्क छ ।

तर, नेपालमा सरकारको तथ्याङ्कअनुसार देशभर उत्पादन तथा क्षेत्रफल बढ्न नसकेको कृषि विज्ञ अधिकारी बताउँछन् ।

‘हाइब्रिड बिऊले गर्दा उत्पादकत्व बढेको हुनसक्छ, खेती गर्ने क्षेत्रफल बढेको छैन,’ उनले भने ।

पछिल्लो समय देशभर मकै उत्पादनमा हाइब्रिड बिऊ प्रयोग गर्ने भएकाले उत्पादकत्व भने बढेको अनुमान गर्न सक्ने उनले बताए ।

साथै, मन्त्रालयका प्रवक्ता सञ्जेलले पनि हाइब्रिड बिऊले उत्पादकत्व बढाएकाले पछिल्ला दिनमा उत्पादन पनि बढ्दो क्रममा रहेको बताउँछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार ००:००  ३ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping