मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार फुकुवा


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । दुवै बैंकको सेयर कारोबार शुक्रबारदेखि फुकुवा भएको हो ।

नेप्सेले दुवै बैंकको सेयर कारोबार शुक्रबारदेखि फुकुवा भएको भएको जनाएको छ । दुवै बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोकिएको थियो । दुवै बैंकले बैंकले कारोबार फुकुवा गर्न नेप्सेमा पत्र पठाएसँगै कारोबार खुला भएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३ ९१० बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेको दुवै बैंकको सेयर कारोबार मंसिर १ गतेको निर्णयअनुसार फुकुवा भएको नेप्सेले जनाएको छ ।