मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका दिन विदेशिदै युवा


काठमाडौं । आज देशभर प्रतिनिधि र प्रदेश सभा निर्वाचन भइरहेको छ । पाँच वर्षका लागि प्रतिनिधि चयन गर्न छाडेर कयौं सर्वसाधारण भने आजै विदेशिरहेका छन् ।

देशमा रोजगारीको अवसर नहुँदा यसरी जनप्रतिनिधि चयन नगरि उनीहरु वैदेशिक रोजगारीका लागि विदेश हिँडेका हुन् ।

दलहरुले देशमा रोजगारीका अवसरहरु सिर्जना गर्ने भन्दै चुनाव अघि प्रतिवद्धता जनाउने गर्ने गरेको भए पनि त्यस अनुसार काम नगर्न देशमा रोजगारीका अवसरहरु सिर्जना हुन सकेको छैन ।