मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन २: रविको घण्टीले ९७८ ल्याउँदा रुखको २१९ मत


चितवन । प्रारम्भिक मतगणना अनुसार रवि लामिछानेले चितवन २ बाट फराकिलो मतान्तरले चुनाव जित्ने देखिन्छन् ।

बिहान साढे ७ बजेसम्मको अपडेट अनुसार लामिछानेको घण्टीले ९७८ मत ल्याएको छ भने रुखले २१९ मत ल्याएको छ । कांग्रेसको रुख चुनाव चिन्ह लिएर अर्बपति व्यवसायी उमेश श्रेष्ठ चुनाव उठेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा सुर्यको भने निकै कमजोर अवस्था देखिन्छ । अहिलेसम्मको सार्वजनिक भएको नतिजा अनुसार सुर्यले ४१ भोट ल्याएको छ ।

शहरी क्षेत्रमा घण्टीले ठूलो सफलता हात पार्ने देखिएको छ ।