मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा सर्वदलीय बैठक बस्दै, त्यसपछि मतगणना


चितवन । चितवनमा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्न लागेको छ ।

आज बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना सुरु हुने छ ।

निर्वाचन क्षेत्र नम्बर १ र २ मा बिहान आठ बजे र चितवन-३ मा ९ बजे सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन-१ को खैरहनी, चितवन-२ को भरतपुर र चितवन-३ को रामपुरमा मतगणना हुने जनाइएको छ ।