![](https://internal.appharu.com/wp-content/uploads/2022/11/congress-uml-and-rsp-768x432.jpg)
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ । केही निर्वाचन क्षेत्रको मतगणना सुरु भए पनि कतिपय स्थानको गणना भने शुरु भएको छैन ।
प्रारम्भिक रुझान अनुसार साढे ११ बजेसम्मको तथ्यांक अनुसार ११ स्थानमा भइरहेको मतगणनामा नेकपा एमालेले ६ स्थानसहित अग्रता बनाइरहेको छ भने नेपाली कांग्रेस ३ स्थानसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २ स्थानमा अग्रता बनाइरहेको छ ।
एमालेले झापा २, धनुषा ३, ललितपुरका तीन निर्वाचन क्षेत्रमा अग्रता बनाइरहेको छ । त्यस्तै बाँके ३ मा एमाले उम्मेदवारले अग्रता बनाइरहेका छन् ।
कांग्रेसले काठमाडौं १, भक्तपुर क्षेत्र नम्बर २ र मुस्ताङ १ मा अग्रता बनाएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता बनाइरहेको छ ।
SHARE YOUR THOUGHTS