![](https://internal.appharu.com/wp-content/uploads/2022/11/kathmandu-5-768x432.jpg)
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेल विजयी हुने एक्जिट पोल सार्वजनिक भएको छ ।
फ्याक्ट नेपालले मतदानमा सहभागी भएकाहरुसँग गरेको कुराकानीमा आधारित भएर यस्तो पूर्वानुमान सार्वजनिक गरेको हो । एक्जिट पोल अनुसार पौडेल ३१ प्रतिशत मत पाएर निर्वाचित हुने छन् भने नेकपा एमालेका ईश्वर पोखरेलले ३० प्रतिशत मत पाउने छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार डा. प्रण्य शम्शेर राणाले १४ प्रतिशत मत पाउने र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले १० तथा अन्य उम्मेदवारले ३ प्रतिशत मत पाउने फ्याक्ट नेपालको अनुमान छ ।
SHARE YOUR THOUGHTS