![](https://internal.appharu.com/wp-content/uploads/2022/11/collage-1-768x576.jpg)
काठमाडौं । काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । शुरुदेखि नै अग्रता लिएका सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।
एमालेका किरण पौडेल लगातार तेस्रो स्थानमा छन् । अहिले भने पौडेल चौथो नम्बरमा पुगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सिंहले ८९८, राप्रपाका मिश्रले ७३७, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५२८, नेकपा एमालेका किरण पौडेलले ४९६ र नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS