कास्की २ अपडेट : घण्टीको अग्रता कायमै, एमाले पछिपछि, गठबन्धन चौथो « Eglish Khabarhub

कास्की २ अपडेट : घण्टीको अग्रता कायमै, एमाले पछिपछि, गठबन्धन चौथो



काठमाडौं । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

मध्याह्न साढे १२ बजेसम्म भएको १८ सय ४ मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कडेलले ५ सय ६१ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा हालसम्मको मतगणनामा दोस्रो स्थानमा ४ सय १७ मतसहित नेकपा एमालेकी विद्या भट्टराई रहेकी छिन् ।
त्यस्तै, तेस्रो स्थानमा गठबन्धनकातर्फबाट उठेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल रहेका छन् ।

उनले हालसम्म ३ सय २ मत प्राप्त गरेका छन् । चौथों स्थानमा रहेका राप्रपाका सुवर्णराज पन्तले २ सय ४९ मत प्राप्त गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ मा यसअघि २०७४ सालको उप निर्वाचनमा एमालेकी भट्टराईले जीत निकालेकी थिइन् ।

Publish on: