![](https://internal.appharu.com/wp-content/uploads/2022/11/biraj-bhakta-suman-sayami-768x432.png)
काठमाडौं । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र–८ मा हालसम्म भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ अगाडि देखिएका छन् । श्रेष्ठले पौने १ बजेसम्मको गणनामा ६२१ मत पाएका छन् ।
त्यस्तै, दोस्रो स्थानमा हाम्रो नेपाली पार्टी (लौरो अभियान)का सुमन सायमी रहेका छन् । उनले ६०३ मत पाएका छन् ।
सायमी यसअघि गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएका थिए । त्यस्तै नेकपा एमालेका शिव सुन्दर राजवैद्य तेस्रो स्थानमा देखिएका छन् ।
उनले हालसम्म ६०८ मत पाएका छन् । गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ २२१ र राप्रपाका प्रकाश रिमाल २०३ मत सहित क्रमशः चौथो र पाँचौं स्थानमा देखिएका छन् ।
SHARE YOUR THOUGHTS