
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन् ।
नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अग्रता लिइरहेको भएपनि मध्याह्नपछि भने लिंङ्देनले अग्रता लिएका हुन् ।
५०० मत गणना हुँदा लिङ्देनले २२७ मत पाउँदा गठबन्धनका उम्मेदवार सिटौलाले २१३ मत पाएका छन् । लिङ्देनलाई नेकपा एमालेले साथ दिएको छ ।
यो निर्वाचन क्षेत्रमा गत प्रतिनिधि सभा निर्वाचनमा सिटौलालाई लिङ्देनले एमालेको समर्थनमा पराजित गरेका थिए ।
प्रतिक्रिया