![](https://internal.appharu.com/wp-content/uploads/2022/11/matpetika-768x454.jpg)
रुपन्देही । रुपन्देही क्षेत्र-४ को मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।
यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो ।
यहाँ कूल मतदाता एक लाख १० हजार सय ६९ रहेका थिए । क्षेत्र-५ मा पनि मतगणना भइरहको छ । क्षेत्र नं १,२ र ३ मा पनि केहीबेरमा सुरु गर्ने तयारी छ ।
SHARE YOUR THOUGHTS