सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना वीरेन्द्रनगरको सिटीहलमा शुरु भएको छ ।
निर्वाचन क्षेत्र नं १ को मतगणना भने तत्काल हुने छैन । उक्त क्षेत्रको सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा पुनः मतदान हुने भएपछि बुधबारदेखि मात्रै मतगणना शुरु हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
दैलेखमा पनि मतदान शुरु भएको छ । दैलेख क्षेत्र नं १ को मतगणना गुराँस गाउँपालिका–५ को कृष्ण मावि सानाकाँडा (क) केन्द्र र गुराँस गाउँपालिका–४ को बुद्ध आधारभूत विद्यालय सेरी दोवाटोको (क) केन्द्रबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
SHARE YOUR THOUGHTS