
चितवन । चितवन क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको यो क्षेत्र सर्वाधिक चासोका साथ हेरिएको क्षेत्र हो ।
यस क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल चुनावी मैदानमा थिए । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका थिए र यहाँ ६७.३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया