![](https://internal.appharu.com/wp-content/uploads/2022/11/election-1-768x431.jpg)
सप्तरी । सप्तरी क्षेत्र-१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका-८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले ६९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिएका छन् ।
उनलाई एमाले-जसपा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले ४७८ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै जनमत पार्टीका जयकान्त राउतले ४४३ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS