![](https://internal.appharu.com/wp-content/uploads/2022/11/bishnu-paudel-rupandehi-768x432.jpg)
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतगणना अनुसार एमालेका उपाध्यक्ष विष्णु पौडेलभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पौडेलले बढी मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार ३०१ मत गणना गर्दा घण्टी चिन्हका गणेश पौडेलले १२६ मत ल्याएका छन् भने सुर्य चिन्हका विष्णु पौडेलले ८३ मत मात्रै प्राप्त गरेका छन् ।
कांग्रेस नेतृत्वको गठबन्धन दलको समर्थन रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।
यो निर्वाचन क्षेत्रबाट पटक पटक एमालेका विष्णु पौडेल निर्वाचित हुँदै आएका थिए ।
SHARE YOUR THOUGHTS