
काठमाडौं । ताप्लेजुङमा नेकपा एमाले उम्मेदवार योगेश भट्टराई विजयी भएका छन् ।
प्राप्त मतपरिणामअनुसार एमाले सचिव भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई १९० मतले पराजित गरेका हुन् ।
भट्टराईले २१ हजार ९ सय ४३ प्राप्त पाएका छन् भने माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७ सय ५३ मत प्राप्त पाएका छन् । भट्टराई ताप्लेजुङबाट दोस्रोपटक विजयी भएका हुन् ।
SHARE YOUR THOUGHTS