
काठमाडौं । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले तेस्रो पटक सङ्घीय संसद्, प्रतिनिधिसभामा विजयी भएका छन् । उनी कञ्चनपुर–३ बाट १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गरेका छन् । त्यसैगरी पालले १८ हजार चार सय ४८ मत प्राप्त गरेक थिइन् ।
लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी २०७४ सालको निर्वाचनमा भने नेकपा एमाले का नेता दिपकप्रकाश भट्टसँग पराजित भएक थिए ।
SHARE YOUR THOUGHTS