
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश दिने प्रस्ताव गरेको छ ।
बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेका हो ।
बैंकले सेयरधनीलाई नाफाको १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

SHARE YOUR THOUGHTS