
काठमाडौं । नवलपरासी पूर्वबाट प्रतिनिधिसभा सदस्यका रुपमा कांग्रेसका शशांक कोइराला विजयी भएका छन् ।
उनले नेकपा एमालेका कृष्ण पौडेललाई हराउँदै जित निकालेका हुन् ।
कोइरालाले २७ हजार १२७ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धिका रुपमा रहेका नेकपा एमालेका कृष्ण पौडेलले २५ हजार ४३ मत पाएका छन् ।
कोइराला र पौडेलबीच २ हजार ८२ मतको मतान्तर देखिएको छ ।
कोइराला यो क्षेत्रबाट लगातार चौथो पटक निर्वाचित भएका हुन् । उनी यस क्षेत्रबाट यसअघि २०६४, २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएका थिए ।
SHARE YOUR THOUGHTS