
काठमाडौं । मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्यका रुपमा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ हराउँदै जित निकालेका हुन् ।
सिंहले २७ हजार ८१६ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धिका रुपमा रहेकी उपाध्यायले २५ हजार ४२३ मत प्राप्त गरेकी छिन् ।
सो क्षेत्रमा एमालेको चुनाव चिह्नबाट उम्मेदवार रहेका राप्रपा नेपालका कमल थापा तेस्रो भएका छन् । उनले २५ हजार ४२० मत ल्याएका छन् ।
SHARE YOUR THOUGHTS