
धादिङ । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरेका छन् ।
दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।
SHARE YOUR THOUGHTS