
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतगणना अपडेटमा नेकपा एमालले १६५ मध्ये १९ निर्वाचन क्षेत्रमा जितेको छ भने २७ ठाउँमा अग्रता बनाइरहेको छ । पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ स्थानमा जित हात पारेको छ ।
यी हुन् एमालेले जितेका १९ निर्वाचन क्षेत्र
काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ
झापा–२: देवराज घिमिरे
झापा–४: लालप्रसाद (एलपी) साँवा लिम्बू
झापा–५: केपी शर्मा ओली
उदयपुर–२: अम्वरबहादुर रायामाझी
ताप्लेजुङ: योगेशकुमार भट्टराई
धनकुटा: राजेन्द्र कुमार राई
सोलुखुम्बु: मानबीर राई
पर्सा–३: राजकुमार गुप्ता
सिरहा–१: रामशंकर यादव
मकवानपुर–२: महेशकुमार बर्तौला
ललितपुर–२: प्रेमबहादुर महर्जन
कास्की–२: विद्या भट्टराई
पर्वत: पदम गिरी
लमजुङ: पृथ्वी सुब्बा गुरुङ
अर्घाखाँची: टोपबहादुर रायमाझी
गुल्मी–२: गोकर्णराज विष्ट
प्युठान: सूर्यबहादुर थापा क्षेत्री
रुपन्देही–५: बासुदेव घिमिरे
SHARE YOUR THOUGHTS