
बिराटनगर । मोरङ निर्वाचन क्षेत्र नं. ६ बाट नेपाली कांग्रेसका उम्मेद्वार डा. शेखर कोइराला बिजयी भएका छन् । कोइराला नेकपा एमालेका लालबाबु पण्डितलाई १२१८६ मतले पछि पार्दै बिजयी भएका हुन् ।
कोइरालाले ३५२१८ मत ल्याए भने पण्डितले २२९३२ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा जम्मा ८५३७१ मत खसेको थियो । जसमध्ये ८०४१७ मत मात्रै सदर थियो ।
२०७४ को निर्वाचनमा पण्डितले कोइरालालाई जितेका थिए ।
SHARE YOUR THOUGHTS