
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ५९ करोड १९ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३०.५४ प्रतिशतले धेरै हो ।
गत आवको सोही अवधिमा कम्पनीले ४५ करोड ३५ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीको खुद नाफा ०.३२ प्रतिशतले बढेर ११ करोड २५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड २२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट १७ करोड ४५लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले यस अवधिमा ३ हजार ८८९ वटा बीमा दाबीवात ४६ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, १३ हजार १२६ वटा बीमा दाबीवापत २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको वगेडा कोषमा ६६ करोड २० लाख रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १०.०५ प्रतिशत र प्रति सेयर नेटवर्थ १८३.२१ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्