![](https://internal.appharu.com/wp-content/uploads/2017/10/NTA_Nepal-Telecom-Authority.jpg)
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै प्रभु डिजिटल लिमिटेड र एलएनटी इन्फोटेकको अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको छ ।
प्राधिकरणले जारी गरेको सूचनाकाअनुसार यी कम्पनीहरुले नवीकरणका लागि प्रचलित नियमानुसार निवेदन पेस नगरेकाले लाइसेन्स खारेज गरिएको हो ।
लाइसेन्स खारेज गरिएको प्रभु डिजिटल प्रालिले प्रभु टिभी नामको प्रसारण माध्यम सञ्चालन गरिरहेको छ भने एलएनटी इन्फोटेक पोखरामा रहेर सुविधा तिइरहेको कम्पनी हो ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै दुवै कम्पनीलाई आगामी तीस दिनभित्र तिर्नुपर्ने रकम बुझाउन पनि निर्देशन दिएको छ ।
SHARE YOUR THOUGHTS