![](https://internal.appharu.com/wp-content/uploads/2022/01/Prem-nath-thakur.jpg)
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक(जीएम) प्रेमनाथ ठाकुर निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
मन्त्रीस्तरीय निर्णय गर्दै ठाकुरलाई निलम्बन गर्न मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको हो ।
स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएकाले जाँच बुझका लागि ठाकुरलाई निलम्बन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्र केसीले जानकारी दिए ।
उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरि पठाएको केसीले जानकारी दिए ।
मन्त्रालयको निर्देशनपछि ठाकुरलाई प्राधिकरणले निलम्बन गरेको छ ।
SHARE YOUR THOUGHTS