सिभिल अस्पतालमा ३३० जनालाई जागिर खुल्यो « Eglish Khabarhub

सिभिल अस्पतालमा ३३० जनालाई जागिर खुल्यो



काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)ले ३३० जनालाई रोजगारी खुलाएको छ ।

अस्पतालको पदुपूर्ति समितिले आज सूचना प्रकाशित गर्दै विभिन्न पदमा ३३० जनालाई जागिर खुलाएको जानकारी दिएको हो ।

तीन वटा सूचना जारी गर्दै अस्पतालले खुल्ला र समावेशी प्रतियोगिताबाट सिनियर रजिष्ट्रटारदेखि हलुका सवारी चालकसम्मको पदमा जागिर खुलाएको छ । ३३० जनामध्ये सबैभन्दा धेरै नर्सका लागि जागिर खुलाइएको छ ।

त्यस्तै, अस्पतालले कार्य क्षमता मुल्यांकनबाट ४२ जनाका बढुवाका लागि पनि सूचना निकालेको छ ।

Publish on: