नेपाल बैंकको नयाँ शाखा काठमाडौंको गोंगबुमा

काठमाडौं । नेपाल बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा खोलेको छ । बैंकले काठमाडौंको टोखा नगरपालिका-९, गोंगबुमा शाखा खोलेको हो । यससँगै बैंकका शाखा संख्या २२८ पुगेका छन् ।

शाखा कार्यालयको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी र टोखा नगरपालिका-९ का अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा सीईओ अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने गरी नेपाल बैंक आएको बताए ।

त्यस्तै, अध्यक्ष घिमिरेले स्थानीय स्तरमा बैंकहरुको कमी नभएको भए पनि नेपाल बैंकको आगमनले बैंकिङ क्षेत्रको विश्वसनीयता अभिवृद्धिमा सहयोग पुग्ने बताए ।

नेपाल बैंकले देशभरका २२८ शाखा, २०३ एटीएम काउन्टर, ५२ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा दिइरहेको छ ।