मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रेस काउन्सिलको कानुन संशोधन गरिने बताएका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले प्रेस काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्दै मिडिया काउन्सिल बनाइने बताएका हुन् ।

सबै सञ्चारमाध्यमलाई नियमन गर्न सक्ने गरी प्रेस काउन्सिललाई अधिकारसम्पन्न मिडिया काउन्सिल बनाइने पौडेलले घोषणा गरे ।