काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको सीमाको समस्या समाधान गर्ने बताएका छन् ।
४ दिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि बिहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकारसम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई हिमालजस्तो उचाइ दिने काम गर्ने र यही भावनाले अघि बढ्नु पर्नेब ताए । यसअघि अघि बढे सबै मुद्दा समाधान हुने उनको भनाइ छ ।
‘हामी हाम्रो सम्बन्धलाई हिमालयजस्तो उचाई दिन काम गर्दै रहनेछौं । र यहि भावनाले हामी सबै मुद्दा, चाहे सीमानाको होस् वा अरु विषय होस, सबैको समाधान गर्नेछौं’ भारतीय प्रधानमन्त्री मोदीले भने ।
गामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध सुपरहिट बनाउन प्रधानमन्त्री प्रचण्डसँग मिलेर आफूले धेरै निर्णय लिएको मोदीले बताए ।
SHARE YOUR THOUGHTS