![](https://internal.appharu.com/wp-content/uploads/2023/06/behula-arrest.jpg)
काठमाडौं । प्रहरीले काठमाडौंमा एक बेहुलालाई विवाह मण्डपबाट पक्राउ गरेको छ । दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा आयोजित विवाह समारोहबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड होल्डरसमेत रहेको जनाइएको छ ।
पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ माग्दै नदिए बिबाह रद्द गर्ने धम्की दिएपछि बिवाद भएको थियो ।
SHARE YOUR THOUGHTS