![](https://internal.appharu.com/wp-content/uploads/2023/07/rekha-sharma-768x512.jpg)
काठमाडौं । सरकारले अर्थमन्त्री र परराष्ट्र मन्त्रीलाई विदेश जानका लागि स्वीकृति दिएको छ ।
असार २१ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो जानकारी दिइन् ।
भारतमा हुने जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा भाग लिन डा. प्रकाशशरण महत नेतृत्वको टोली जाने भएको छ । बैठकले जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा मन्त्री महत नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको हो ।
आउँदो सोमबार र मंगलबार भारतको गुजरातमा जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठक हुने छ । यसमा विभिन्न देशका अर्थमन्त्री तथा गर्भनरसहितको सहभागिता हुनेछ।
यस्तै थाइल्याण्डमा हुने बिमस्टेक परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको प्रतिनिधि मण्डललाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/360128982_1278031406151375_754465913710587663_n-593x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/361111610_1021818579189421_2344792550271589414_n-593x768.jpg)
SHARE YOUR THOUGHTS