निफ्राको नाफा ४२‌.७१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ? « Eglish Khabarhub

निफ्राको नाफा ४२‌.७१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । असार मसान्तसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ४२.७१ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १ अर्ब २ करोड २५ लाख २७ हजार रुपैयाँ पुगेको थियो । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारको प्रभाव नाफामा देखिएको छ । असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशतले बढेर २ अर्ब ७२ करोड ५३ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा १ अर्ब ८८ करोड २८ लाख ७ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्म ८९ करोड १६ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेर २० अर्ब१४ करोड १० लाख ९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब २८ करोड ३२ लाख ५४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ ।

Publish on: