२३ निर्माण कम्पनी कालोसूचीमा « Eglish Khabarhub

२३ निर्माण कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई विभिन्न समयका लागि कालोसूचीमा राखेको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरुमा १ वर्ष ६ महिनाका लागि काठमाडौंमा रहेको पप्पु कन्स्ट्रक्सन र कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रा.लिको संयुक्त पप्पु/कोशी एण्ड न्यौपाने जेभी, जनकपुरको नव निर्माण विल्डर्स प्रा.लि, ललितपुरको चेतना कन्स्ट्रक्सन प्रा.लि र यु.के.एन्. कन्स्ट्रक्सन कम्पनी प्रा.लिको संयुक्त चेतना/यु.के.एन्. जेभी, ताप्लेजुङको माबोहांग निर्माण सेवा, कागेश्वरी मनोहराको लामा बुद्ध निर्माण ततथा सामग्री सप्लायर्स प्रा.लि, तनहुँको एक्सन विल्डर्स प्रा.लि र काठमाडौंको अनुस्ठान कन्स्ट्रक्सन रहेका छन् ।

त्यस्तै, एक वर्षका लागि कालोसूचीमा राखिएको कम्पनीहरुमा चितवनको जय भगवती निर्माण सेवा, चितवनको युद्ध निर्माण सेवा, चितवनको अञ्जल निर्माण सेवा, बर्दियाको नुरी कन्स्ट्रक्सन, चितवनको आर्भन कन्स्ट्रक्सन प्रा.लि, बाजुराको के.आर. निर्माण सेवा, चितवनको एकेज् कन्स्ट्रक्सन, चितवनको शुभम कन्स्ट्रक्सन, चितवनको नयाँ निर्माण सेवा, पाँचथरको बुढाथोकी निर्माण सेवा, भक्तपुरको ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, सिन्धुलीको बि.के.बि कन्स्ट्रक्सन एण्ड सप्लायर्स, भरतपुरको नतासा निर्माण सेवा, कास्कीको त्रिवेणी निर्माण सेवा, भरतपुरको समृद्ध निर्माण सेवा र जनकपुरको नव निर्माण सेवा रहेका छन् ।

Publish on: