मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले पार्टी कार्यालयमा बाढी पस्यो


काठमाडौं । प्रमखु प्रतिपक्षी नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ । रातिदेखिको अविरल वर्षापछि मनोहरा नदीमा आएको बाढीले ललितपुर च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयलाई बाढीले क्षति पुर्‍याएको भन्दै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।

अविरल वर्षापछि बाढी आउँदा काठमाडौं उपत्यकामा नदी आसपास रहेका घर भवनहरुमा बाढी पसेको छ ।
अहिले वर्षा रोकिएसँगै खोलामा पानीको सतह केही घटेको छ ।