यी सडक खण्डमा बाढी पहिरोले अवरोध « Eglish Khabarhub

यी सडक खण्डमा बाढी पहिरोले अवरोध



काठमाडौं । देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विभिन्न १२ राजमार्ग र सडक अवरुद्ध भएको छ ।

नेपाल प्रहरीका अनुसार बाढी पहरोका कारण मंगलबार बिहान ११ बजेसम्म विभिन्न १२ राजमार्ग तथा सडक अवरुद्ध भएको हो।

चितवनको इच्छामनकामना गापा ६ कालिखोलास्थित नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएकोमा अहिले एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । त्यस्तै बागलुङ नगपा १० गलुवास्थित कालिगण्डकी करिडोर अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गापा ३ ड्याम साइड स्थित सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ भने प्यूठानको माण्डबि गापा १ गर्जेनीस्थित भालुवाङ सडकखण्ड अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगंगा ३ बैसरीस्थित बेनी जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

अविरलको वर्षापछिको बाढी पहिरोका कारण नुवाकोटको ककनी ४ निगालेमा पहिरो जाँदा पासाङ ल्हामु राजमार्ग, बकैया ११ लामराङस्थित कान्ति लोकपथ, सिन्धुली गापा २ कमेरेफाट स्थित बिपी राजमार्ग, त्यस्तै सोही राजमार्गको रोशी गापा ११ कालढुंगामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

त्यसै गरि पाँचथरको फिदिम नपा ४ स्थित तमोर करीडोर पनि अवरुद्ध भएको छ ।

बाढी र पहिरोले कैलालीको गोदावरी ४ बुढीतोला र चुरे ५ गोपालेमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

त्यस्तै डडेल्धुराको आलिताल ८ सुनखोलास्थित बतुडर जोगबुढा भित्री सडकखण्ड अवरुद्ध भएको छ ।

Publish on: