प्रधानमन्त्री दाहालसँग युरोपेली संघकी राजदूतको भेट « Eglish Khabarhub

प्रधानमन्त्री दाहालसँग युरोपेली संघकी राजदूतको भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरुबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ ।

Publish on: