मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्यो


काठमाडौं । धादिङको छहरा नजिकै त्रिशुलीमा यात्रु बस खसेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहरा नजिक यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भएको छ ।