दुई देशका प्रधानमन्त्रीले उद्धघाटन गर्दा समेत विराटनगरमा चलेन कार्गो रेल, सरकारी निकायबीच भएन समन्वय « Eglish Khabarhub

दुई देशका प्रधानमन्त्रीले उद्धघाटन गर्दा समेत विराटनगरमा चलेन कार्गो रेल, सरकारी निकायबीच भएन समन्वय


८ भाद्र २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

नेपाल र भारतका प्रधानमन्त्रीले विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) रेल्वे यार्डसम्मको रेलमार्ग उद्धघाटन गरेपछि उक्त यार्डमा अहिलेसम्म एउटा पनि कार्गो (मालवाहक) चल्न सकेको छैन ।

काठमाडौं । गत जेठ १८ गते भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट विराटनगरमा निर्माण भएको आईसीपीसम्म पुग्ने रेल मार्गको सयुक्त रुपमा उद्धघाटन गरेका थिए ।

रेल्वेमार्गको उद्धघाटनपछि भारतिय प्रधानमन्त्री मोदीले आगामी दिनमा पनि भारत सरकारले नेपालको व्यापार पूर्वाधार विकासमा सहयोग गर्ने बताएका थिए । विराटनगरको भन्सार विन्दुसम्म रेल्वेबाट मालसामान आउँदा ढुवानी लागत घट्ने र त्यसले नेपाली व्यवसायी लाभ हुने मोदीको भनाइ थियो ।

दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा हरियो झण्डा देखाएपछि भारतबाट आएको कार्गो बोकेको रेललाई विराटनगरको आईसीपीमा स्वागत गरिएको थियो ।

भारतको बथनाहा स्टेसनदेखि नेपालको भन्सार विन्दुसम्म करिब आठ किलोमिटर लामो रेलमार्ग सञ्चालनले ढुवानी लागत घट्ने व्यवसायीहरुको पनि धारणा थियो ।

उद्धघाटन कार्यक्रम सहभागी व्यवसायीहरुले रेलमार्ग नियमित सञ्चालन हुँदा भारतका साथैं तेस्रो देशबाट आयात हुने मालसामान ढुवानी गर्न सहज हुने र लागत पनि कम लाग्ने बताएका थिए ।

रेलमार्गको सञ्चालनले कोलकातास्थित हल्दिया बन्दरगाह र आन्ध्र प्रदेशको विशाखापट्नम बन्दरगाहा हुँदै विराटनगर औद्योगिक क्षेत्रमा आउने कच्चा पदार्थ र अन्य सामानको ढुवानी लागत घट्ने सरकारी अधिकारीको दाबी थियो ।

उद्धघाटनपछि एउटा रेल पनि आएन

दुई देशका प्रधानमन्त्रीले रेल सेवा उद्धघाटन गरेको ३ महिना भइसकेको छ । तर, हालसम्म उद्धघाटनका दिन बाहेक अर्को रेल विराटनगर आउन सकेको छैन । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले प्रधानमन्त्री दाहाल र भारती प्रधानमन्त्री मोदीले भन्सार यार्डसम्म पुग्ने रेलमार्गको उद्घाटन गरेपछि एउटा पनि कार्गो रेल विराटनगर नआएको जानकारी दिए ।

‘भन्सारको तर्फबाट सेवा दिन हामी तयार अवस्थामै छौं’ ढकालले भने,‘नियमित रेलवे सञ्चालन हुन्छ भन्ने व्यवसायीलाई विश्वास नहुँदा रेलमार्गबाट मालसामान नआएको हुन सक्छ ।’

नियमित कार्गो रेल सञ्चालन नहुँदा धेरै दिन कन्टेनर होल्ड गर्नु पर्ने र त्यसको लागत बढी पर्ने भएकाले व्यवसायीले गाडीबाटै मालसामान ढुवानी गर्ने गरेको ढकालको भनाइ छ ।

विराटनगर औद्योगिक क्षेत्र व्यवसायीहरु नेपालका सरकारी निकायले आवश्यक समन्वय र पर्याप्त तयारी नगर्दा विराटनगरमा कार्गो रेल आउन नसकेको बताउँछन् ।

अर्थ मन्त्रालयका एक अधिकारी पूर्व तयारी नगरी हतारमा प्रधानमन्त्रीको भ्रमणमा रेलमार्ग उद्धघाटन गरिएकाले हालसम्म व्यवसायीक रुपमा रेल सञ्चालन नभएको बताउँछन् ।

‘नेपाल पक्षले रेल्वे कसरी सञ्चालन गर्ने, सेफ्टीका विषयमा कसरी काम गर्ने लगायतका रणनीति बनाउन सकेको छैन,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्,‘गत सातासम्म भारततर्फको भन्सारमा जाँचपास कसरी गर्ने भन्ने सम्बन्धमा रणनीति बनेको थिएन ।’

हाल भारततर्फको भन्सारमा आवश्यक तयारी सकिएकाले कार्गो रेल आए जाँचपास गर्न समस्या नहुने विराटनगर भन्सारका अधिकृत बताउँछन् ।

विराटनगरका व्यवसायीहरु सरकारी निकायले रेलवे सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण नगर्दा समस्या भएको बताउँछन् ।

‘ट्रकमा भन्दा रेलमा सामान ल्याउने लागत कम हुन्छ,’ एक व्यवसायीले भने,‘रेल सञ्चालन गर्न कर्मचारी लगाएतका पूर्वाधार छैन । नियमित रेल चल्ने निश्चित छैन । पूर्वाधार तयार गरेर व्यवसाय गर्न सहजीकरण गर्नु पर्ने सरकारी निकाय जिम्मेवार नबन्दा विराटनगरमा उद्धघाटनपछि रेल आउन नसको हो ।’

हाल नेपालको वीरगञ्जस्थित सुक्खा बन्दरगाहामा मात्रै कार्गो रेल सञ्चालन हुने गर्छ ।

विराटनगरका भन्सार प्रमुख ढकालका अनुसार तेस्रो देशबाट आउने कयौं कच्चा पदार्थ विराटनगरका उद्योगहरुले वीरगञ्ज हुँदै ल्याउने गरेको बताउँछन् ।

‘विराटनगरसम्म रेल आउन सकेको भए व्यवसायीले विशखापट्नम र कलकत्ताबाट आउने सामान सिधैं विराटनगरमा ल्याउने थिए,’ढकालले भने,‘यहाँ रेलको सेवा नियमित हुने ग्यारेन्टी नहुँदा व्यवसायीले वीरगञ्जसम्म रेलमा र त्यहाँबाट गाडीमा साउन ल्याउने गरेका हुन् ।’

विराटनगरसम्म नियमित रेल्व सञ्चालन नहुँदा समुद्री बन्दरगाहामा पुगेको सामान गोदाममा राख्नु पर्ने र त्यसरी लागत बढ्ने भएकाले पनि केही व्यवसायले रेल कुर्नुभन्दा ट्रकमा सामान ल्याउन सहज मान्ने गरेका छन् ।

एउटा रेलमा बढीमा ८० देखि ८५ कन्टेनर सामान आउने गर्छ । कुनै रेलमा ४० देखि ४५ कन्टेनर सामान आउने गर्छ । व्यवसायीका अनुसार हाल ४० फुट र २० फुटका कन्टेनर प्रयोग छन् । ४० फुटको कन्टेनरमा भएको सामान प्राय दुईवटा ट्रकमा बोक्नु पर्छ भने २० फिटका कन्टेनरमा भएको सामान एउटा ट्रकमा बोक्नु पर्छ ।

हाल विराटनगरमा दैनिक गाडीमा २०० गाडी सामान आउने भएकाले ट्रक आउने भएकाले रेल सञ्चालनको सम्भावना भएको भन्सार अधिकृतहरु बताउँछन् ।

सरकारी निकायबीच भएन समन्वय

नेपालमा निर्माण भएका सबै एकीकृत जाँच चौकी सञ्चालन र व्यवस्थापनको जिम्मेवारी नेपाल इन्टरमोडल यातायात विकास समितिले पाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल आफूहरुले भन्सार विन्दुसम्ममा रेल्वे सञ्चालनका लागि गर्नु पर्ने सबै तयारी पूरा गरेको दाबी गर्छन् ।

‘आईसीपीमा हाम्रो मुख्य काम कार्गो व्यवस्थान गर्ने हो, त्यसका लागि हामी तयार अवस्थामा छौं,’ गजुरेलले भने,‘रेलवे व्यवस्थापन गर्ने लगायतका काम रेलवे कम्पनीले गर्नुपर्छ ।’

तर, नेपाल रेल्वे कम्पनी लिमिडेटका महाप्रबन्धक निरञ्जनकुमार झा इन्टरमोडलले रेल्व सञ्चालनका लागि कम्पनीले गर्नु पर्ने कामका विषयमा कुनै निर्णय नगर्दा विराटनगरमा कर्मचारी खटाउन कठिन भएको बताउँछन् ।

‘हामी विराटनगरमा सुरक्षित तवरले रेल सञ्चालन गर्न सक्षम छौं,’ झाले भने,‘इन्टरमोडललाई हामीले रेल्वे सञ्चालन गर्न लाग्ने लागत, आवश्यक पर्ने कर्मचारी लगायतको विषयमा जाएकारी दिएका थियौं । तर, अहिलेसम्म इन्टरमोडलले कुनै निर्णय गरेको छैन ।’

नेपालमा इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेल कार्गो व्यवस्थापनमा आफूहरुले काम गर्नु पर्ने भए पनि रेल्वे सञ्चालनको विषयमा रेल्वे कम्पनीले काम गर्नु पर्ने बताउँछन् ।

‘रेल्वेलाइन उद्धघाटन हुँदैमा कार्गो रेल आउँछ भन्ने हुँदैन,’ गजुरेलले भने,‘नयाँ एलसी खुल्दा कार्गोमा सामान आउने जानकारी दिनु पर्ने हुन्छ।’

रेल्वे कम्पनीले विराटनगरमा कार्यालय स्थापना नगर्दा पनि रेल्वे सञ्चालन हुन्छ भन्ने विश्वास नबढेको गजुरेलको तर्क छ । रेल्वे कम्पनी लिमिडेटका निर्देशन झा विराटनगरमा कार्गो रेल व्यवस्थापन गर्न कम्पनीलाई कुनै समस्या नभएको बताउँछन् ।

‘इन्टरमोडलले रेलवे पूर्वाधारको मर्मतमा लाग्ने लागत र रेल्वे सञ्चालन सम्बन्धी प्रस्ताव माग्नु भएको थियो । हामीले उहाँहरुलाई प्रस्ताव पेश गरिसकेका छौं । हाम्रो तर्फबाट हामीहरु पूर्ण तयार अवस्था छौं,’ झाले भने,‘इन्टरमोडलले भने अनुसार मेनपावर दिन कुनै समस्या छैन । कुन तहका कस्तो सीप भएका कति कर्मचारी आवश्यक छन्, पहिला प्रस्ताव माग्नु पर्यो ।’

रेल्वे कम्पनीले भारतको कोंकण रेलवे कर्पोरेसनसँग नेपालमा रेल सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी आपूर्ति गर्ने विषयमा सहमति गरिसकेको झाको दाबी छ ।

कम्पनीको बजेट पास भएलगत्तै विराटनगरमा कार्यालय स्थापना गर्ने झा बताउँछन् ।

‘विराटनगरमा रेल्वे उद्धाटन गरेको दिन भारतीय मेनपावर प्रयोग गरिएको थियो,’ झाले भने,‘ ट्याक मर्मत र अन्य काम गर्न ८/९ जना आवश्यक पर्छ । हामीले स्टेशन मास्टर्स, प्वाइन्टस् म्यान गरी भारतबाट ३ जना मगाउनु पर्छ । इन्टरमोडलले कर्मचारी ल्याउनु भनेर पत्र पठाए लगत्तै कर्मचारीको छिनोफानो हुन्छ ।’

इन्टरमोडलले रेल्वे कसरी सञ्चालन गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति बनाउने प्रस्ताव गरेको थियो । इन्टरमोडले रेल्वे कम्पनीसँग समितिमा बस्ने सदस्यको नाम मागेको थियो । रेल्वे कम्पनीका महाप्रबन्धक झा अध्ययन समितिमा बस्न रेलवे कम्पनीका इन्जिनियरको नाम दिएको बताउँछन्।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ००:००  १० : ५३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping