आइएमई पेले ल्यायो अल्टिमा अनलाइन मेलामा एकको डबल अफर « Eglish Khabarhub

आइएमई पेले ल्यायो अल्टिमा अनलाइन मेलामा एकको डबल अफर



काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’ मा एकको डबल अफर सार्वजनिक गरेको छ ।

अल्टिमाले वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने मेलामा बिहान ९ देखि ११ बजेसम्म र साँझ ६ देखि राति ८ बजेसम्म एउटा अल्टिमा एटम५२० वा अल्टिमा एटम३२० इयरबड्स खरिद गर्ने ५ सय सेवाग्राहीलाई अर्को एयरबड नि:शुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।

साथै अन्य अल्टिमाका ग्याजेट्समा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहकलाई डिजिटल कारोबारमा थप प्रोत्साहन गर्न यो अफर ल्याइएको आइएमई पे का सीइओ प्रविन रेग्मीले जानकारी दिए ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।

Publish on: