मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेनः ओली


काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन् ।

ओलीले खशी, बोकालगायतका वस्तुहरु चोरी पैठारी गर्दा पनिसरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठन नसकेको समेत बताए । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले विद्युत मुलुकका लागि पर्याप्त नभएपनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभुत रुपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गरे ।

ओलीले भने, ‘खसी, बोका ट्रकका ट्रक आउँछ । यो कुनै मुख्य भन्सारबाट होइन । मुख्य बाटोबाट होइन । अरु बाटोबाट आएको आएकै छ । मुख्य बाटोबाट पनि आउँछ । किनभने देउरालीमा पाती राख्नुपर्छ । देउरालीमा पाती चढाउने, ट्रक पास । किन राजश्व उठदैन ? त्यतापट्टी म अहिले जान चाहन्न । सच्याउनुपर्ने थुप्रै कुरा छ । धेरै कुराहरु सच्याउनु पर्नेछ । मैले आफ्नो समयमा सच्याउन खोजेको थिए । ऊर्जाको क्षेत्रमा मैले प्रधानमन्त्री हुने बित्तिकै २०७२ साल असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएको थिए । कार्तिक १५ गते सपथ लिएका थिए । दशैँको समय पारेर मैले झापामा बोलेका थिए–आउँदो तिहार आधारभुत रुपमा बत्ति निभाइने छैन । तपाईहरुले उज्यालो तिहार मनाउन पाउनुहुन्छ । आधारभूत लोडसेडिङ अन्त्य गर्ने केही तरिका मसँग छ । एक्सपर्टसँग अरु परामर्श गर्छु । र, हामी कमसेकम आगामी वर्षको तिहार उज्यालो रुपमा मनाउँछौं । र, मैले त्यहाँबाट आएपछि ऊर्जा सचिवसँग छलफल गरेँ । २० वर्ष लोडसेडिङ अन्त्य हुने केही सम्भावना छैन भने । र, प्रधानमन्त्रीज्युले पनि यसरी बोलिदिनु हुँदैन भनियो । मैले भने–यो आधारभुत रुपमा भनेको छु मैले । २० वर्षमा पनि लोडसेडिङ अन्त्य हुँदैन भने म प्रधानमन्त्री किन चाहियो, तपाई ऊर्जा सचिव किन चाहियो ? तनाखा खान चाहियो । २० वर्षमा त उलटफेर गर्न सकिन्छ नि । अहिले उद्योगहरुले विद्युत पाएको छैन । के भन्छ भने सवस्टेशनहरु छैन । त्यसकारण विद्युत सप्लाई गर्न सकिएन । कहाँ विराटनगरका उद्योगहरु, वीरगञ्जका उद्योगहरु भैरहवाका उद्योगहरु, अरु ठाउँका उद्योगहरु । उनीहरुले अहिले पनि विद्युत मागी राखेका छन । ६ मेघावाट, अरु पनि । अहिले पनि सिमेन्ट उद्योगहरुले मागी राखेका छन । हामीलाई पुग्दो विद्युत उत्पादन भएको छैन । पुग्दो विद्युत उत्पादन भएपनि अर्को उपभोग गर्ने तरिका पनि सिकाएका छैनौं ।’